महेन्द्र विष्ट
विराटनगर, असार २९ गते । बक्राहा, चिसाङ, डाँस र लोहन्द्रा खोलामा आउने बाढीका कारण मोरङका नौ वटा पालिकाका १८ वटा वडा बाढीको उच्च जोखिममा रहेका छन् । मोरङका मिक्लाजुङ गाउँपालिका, पथरी शनिश्चरे, रतुवामाई, लेटाङ, बेलबारी, रङ्गेली नगरपालिका, कानेपोखरी जहदा र धनपालथान गाउँपालिकाका १८ वटा वडाका दुई दर्जनभन्दा बढी स्थान बाढीको उच्च जोखिममा रहेको कोशी तथा बव्रmाहा नदी व्यवस्थापन आयोजनाले जनाएको छ ।
मिक्लाजुङ गाउँपालिका–६ र ७, पथरी शनिश्चरे नगरपालिकाको वडा नं २ र ५, रतुवामाई नगरपालिकाको वडा नं १ र ९, बव्रmाहाखोलाको उच्च जोखिममा रहेको छ । उच्च जोखिममा रहेका स्थानबाट नदीले कटान वा धार परिवर्तन गर्ने भएकाले ती क्षेत्रका दर्जनौँ मानव बस्ती र सयौँ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुग्ने कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाका प्रमुख रञ्जनराज भट्टराई बताउनुहुन्छ ।
उच्च जोखिम रहेका स्थानमा नदी नियन्त्रणका उपाय अवलम्बन गर्न नसकेमा मिक्लाजुङ गाउँपालिका–६ र ७ मा पर्ने रचना बगर, कुइनेटार, वडा नं. ८ मा पर्ने खामे झोडा, मधुमल्ला कसेनी, माथिल्लो मलामीटार, धापड साइडलगायतका स्थानमा ठुलो क्षति पुग्ने आयोजनाका प्राविधिक बताउँछन् ।
बाढी उच्च जोखिममा रहेको ती स्थानको सुरक्षाका लागि मिक्लाजुङ गाउँपालिकाको वडा नं ६ र ७ को बिचमा चार सय मिटर तथा वडा नं. ८ मा आठ सय मिटर बाँध निर्माण गर्न आवश्यक देखिएकोे छ तर समयमै बजेट र स्रोतको सुनिश्चित नहुँदा बाँध निर्माणको कार्य आंशिक रूपमा मात्र सुरु भएको आयोजना प्रमुख भट्टराई बताउनुहुन्छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ को सुँगाबजार, जयनगर टोल, वडा नं. २ को कसेनी, पूर्वटोल र कालापानी टोलका मानव बस्ती र त्यस क्षेत्रको खेतीयोग्य जमिनमा पनि बव्रmाखोलाले ठुलो क्षति पु-याउन सक्ने आकलन गरिएको छ । त्यस क्षेत्रको जोखिम नियन्त्रण गर्न उक्त पालिकाको वडा नं. ५ स्थित जयनगरमा एक सय मिटर र वडा नं. २ स्थित पूर्वटोलमा १५० मिटर लामो बाँध निर्माण गर्न आवश्यक देखिएको छ तर स्रोतको सुनिश्चत नहुँदा बाँध निर्माणको काम सुरु हुन सकेको छैन ।
रतुवामाई नगरपाकिा वडा नं. १ को सोनापुर, वडा नं ९ को मुक्तिघाट र रतिलाल टोल पनि बक्राहाको उच्च जोखिममा रहेकाले उक्त स्थानबाट कटान गरी आसपासको मानव बस्तीमा बक्राहाको बाढी पसेर ठुलो क्षति पुग्ने अयोजनाको दाबी छ । जोखिमयुक्त ती स्थानमा बाँध निर्माणको काम आंशिक रूपमा मात्र सुरु भएको जोखिम यथावत् रहेको आयोजनाका प्राविधिक बताउँछन् ।
लेटाङ नगरपालिकाका वडा नं. १ को बगुवा फेदी, वडा नं. २ को तुर्के लोखरा पडनी र वडा नं. ३ को बेलडाँगी, कमलपुर र कीर्तिमान, बेलबारी नगरपालिकाको वडा नं. ८ को नमुना टोल, तल्लो व्रmसर टोल र बुधबारे, कानेपोखरी गाउँपालिका वडा नं. १ होक्लाबारी चिसाङ खोलाको उच्च जोखिम रहेको छ । रङ्गेली नगरपालिका वडा नं. ९, डाँस खोलाको, बेलबारी नगरपालिका वडा नं. ५ को कसेनी बगर टोल, लोहोन्द्रा खोलाको र जहदा गाउँपालिका वडा नं. ४ र ५ तथा धनपालथान गाउँपालिका–५ र ६ लोहान्द्रा खोलाको उच्च जोखिममा रहेको आयोजनाले जनाएको छ ।
बाढीको उच्च जोखिममा रहेका कतिपय स्थानमा जोखिम न्यूनीकरणका लागि आवश्यक संरचना निर्माणको काम अघि बढेको छ भने कतिपय स्थानमा बजेट अभावका कारण काम हुन नसकेको कोशी तथा बव्रmाहा नदी नियन्त्रण आयोजनाका प्रमुख भट्टराईले बताउनुभयो ।
जिल्ला विपत् व्यवस्थपन समिति मोरङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ मो मोरङका अधिकांस पालिकाकाका सबै वडा स्थानीय साना तथा ठुला खोलामा आउने बाढीको मध्यम र न्यून जोखिममा रहेको जनाइएको छ ।
विराटनगर महानगरपालिका भित्रका विभिन्न टोल तथा बस्तीमा स्थानीय सिङ्घिया, केशलिया, बस्ता, धुधुवाखोला, वस्ता र कुरिन्नाखोलाको कटान र डुबानको जोखिममा रहेका छन् ।
उर्लाबारी नगरपालिका अधिकांस वडामा बक्राहाखोलाबाहेक सोल्टी, राम्री, सुनझोडा, डुम्रे, तेली, रतुवा र मावाखोलाको जोखिम रहेको भने पथरी शनिश्चरेमा बक्राहा र डाँसखोलासँगै लाटी, गोही सुनझोडा, पथरी, केर्खा र मरिया खोलाको जोखिम रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।
सुन्दरहरैँचा नगरपालिका लोहान्द्रासँगै गछियाँ खोला, लेटाङ नगरपालिका चिसाङसँगै खेरुवा र तेली मोरङ्गी खोलाको जोखिममा रहेको छ भने रतुवामाई नगरपालिका बव्रmाहासँगै सतुवाको खोलाको उच्च जोखिममा रहेको बताइएको छ । उक्त नगरपालिका बव्रmाहा पूर्वी र रतुवा पश्चिम किनारमा अवस्थित रहेको छ ।
जहदा गाउँपालिका लोहान्द्रासँगै सिङ्घिया र जुडीखोला, बुढीगङ्गा गाउँपालिका सिङ्घिया र बुढीखोला, कटहरी गाउँपालिका सिङ्घिया, ढावी, कुकुरपुला, पछिरा, जुडी र सुखानीखोलाको बाढीको जोखिममा रहेको छ ।
केराबारी गाउँपालिका जुकेपानी, फाफोक, बडहरे, खदम, हचुवा, बुढी, हुरहुरे सेरा, खमदमखोलाको जोखिममा छ भने ग्रामथान गाउँपालिका सिङ्घिया जुडीखोलाको जोखिममा रहेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।
जिल्लाभित्र हुन सक्ने बाढीको सम्भावित विपत्लाई लक्षित गरेर सोही अनुसार योजना निर्माण गरी काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउनुहुन्छ । सम्भावित जोखिमलाई मध्यनजर गरेर जिल्लास्थित सिँचाइ डिभिजन कार्यालयले चार सय थान तार, जाली, १५ हजार थान बोरा तयारी अवस्थामा राखिएको सिँचाइ डिभिजन कार्यालय मोरङका प्रमुख रणजितकुमार झाले बताउनुभयो ।