कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्य अनुसार नवीनतम र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको २२ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । तनहुँको भानु नगरपालिका–४ स्थित चुँदीरम्घा, शिखरकटेरीस्थित घर संरक्षणको अभावमा भग्नावशेष मात्रै छ ।
गाउँको सडक कालोपत्रे र ढलान भएर यात्रा सहज भएसँगै बेनी नगरपालिका ६ की ९५ वर्षीय जनकुमारी बरुवालको मुहारमा खुसी छाएको छ । बेनी नगरपालिका ६ स्थित छापकी स्थानीयवासी बरुवाललाई अहिलेनै घर आँगनमा पक्की सडक आउँछ भन्ने विश्वास लागेको थिएन ।
बचतकर्ताको करोडौँ रकम अपचलन गरी सम्पर्कविहीन भएका डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा रुपन्देहीका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
गुल्मीमा सम्भावित विपत्को पूर्वसूचना प्रदान गर्न २०७८ सालमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको थियो तर अहिले यो साइरन विपत्का बेला बज्दैन । जडान गरिएको उपकरण मर्मत नहुँदा अति संवेदनशील पूर्वसूचना प्रणाली (साइरन) प्रयोगविहीन भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
रुपन्देहीको फर्साटिकर गाउँका रमेश न्यौपाने शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँ श्रमको काम गर्न सक्नुहुन्न । उहाँलाई सानो भए पनि घरमै व्यापार गर्ने धोको थियो । हाल उहाँको त्यो धोको पूरा भएको छ ।
बाढीले बगाएको पुल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडक डिभिजन कार्यालय बाँकेले सम्झौता गरेको पुलका चार पिल्लर २०७४ मा आएको बाढीले भासिएका थिए । त्यस्तै २०७९ मा आएको बाढीले पुलको दुई वटा स्ल्याब बगाएको थियो ।
जुम्लामा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खारेज भएको छ । जुम्लासहित साबिक कर्णालीका कालीकोट, मुगु र हुम्ला गरी चार जिल्ला कार्यक्षेत्र रहेको यो कार्यालय जुम्लाबाट खारेज भएको हो ।
चालु आर्थिक वर्षमा हुम्लामा १० वटा विद्यालयका भवन निर्माण भएका छन् । विद्यालयको निर्माण भई हस्तान्तरणसमेत गरिसकेपछि पठनपाठनमा सहज भएको छ ।
आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहनुभएको छ । गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ ।
भेरी नगरपालिका–२, डिङ्गाकी शारदा वली सुत्केरी भएको १३ दिनमै रगत अभावले मृत्यु भएपछि उहाँका अबोध तीन छोरीको बिचल्ली भएको छ । बुवा आनन्द वली सुस्त मनस्थितिका हुनुहुन्छ ।
कर्णालीका द्वन्द्वपीडितले सरकारसँग न्याय माग्दामाग्दै दुई दशक बितेको गुनासो गरेका छन् । उनीहरूले दुई दशकसम्म पनि नपाइएको न्याय अब कहिलेसम्ममा पाउने हो भन्दै चिन्ता व्यक्त गरेका छन् । द्वन्द्वपीडित भन्छन्, “अहिलेसम्म पाइएको छैन, अब कहिलेसम्म न्याय पाउँ भनेर मागिरहने हो ?”
चितवन राष्ट्रिय निकुञ्जको कोरिडोर क्षेत्रमा दुई पालिकालाई जोड्ने सडक कालोपत्रे गरिएको छ । भरतपुर महानगरपालिकाबाट कालिका नगरपालिका जोड्ने पूर्वी चितवनको उत्तराखण्ड सडक कालोपत्रे गरिएको हो ।