प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालीहरू जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रहिरहने बताउनुभएको छ । आइतवार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राख्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ ।
मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सामन्ती अवशेष समाप्त नभएसम्म सामन्ती सोच, संस्कार समुदायमा अझै कायमै रहेको बताउनुभएको छ ।
जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको बागथला–चैनपुर सडक खण्डको अवस्था दयनीय बनेको छ । ४५ किलोमिटरको यो यात्रामा यात्रुुहरूले गन्तव्यभन्दा पहिले निक्कै सास्ती खेप्नु पर्ने बाध्यता छ ।
साइपाल गाउँपालिकाले बझाङको बहुप्रतीक्षित चैनपुर–ताक्लाकोट सडक निर्माणमा भएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निर्माण कम्पनीमाथि कडा कारबाहीको माग गरेको छ गाउँपालिकाले बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीलाई ज्ञापनपत्र बुझाउँदै निर्माण कार्य अविलम्ब अगाडि बढाउन, बक्यौता ज्याला उपलब्ध गराउन तथा ट्रयाक खोल्ने कार्यमा तीव्रता दिन आग्रह गरेको हो ।
सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताउनुभएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आदिकवि भानुभक्त आचार्य साहित्यिक महानायक भएको बताउनुभएको छ । २१२ औँ भानु जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले आदिकवि आचार्यप्रति भावपूर्ण श्रद्धाभाव समेत व्यक्त गर्नु भएको हो ।
छाउगोठमा सुतेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की २८ वर्षीया कमला आउजी दमाईको विषालु सर्पले टोकेर ज्यान गएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–४, रमौलस्थित सडकमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
उपराष्ट्रपति रामसहायक प्रसाद यादवले नेपाली साहित्यको उज्यालो युगको सूत्रधारहरुमध्ये एक रहनुभएका आदिकवि भानुभक्तको काव्य–साधना र उच्च सामाजिक सोच आज पनि सबैका लागि प्रेरणादायक भएको बताउनुभएको छ ।
बाजुरामा ७५ प्रतिशत धान रोपाइँ भएको छ । गत जेठको दोस्रो हप्तादेखि सुरु भएकाधान रोपाइँ अहिले जम्मा ७५ प्रतिशत सम्पन्न भएको हो ।
वालिङ नगरपालिका क्षेत्रमा मोसो जातको बाँस रोपिने भएको छ । नगरपालिकाले एक हजार पाँच सय मोसो बाँसका बिरुवा रोप्ने योजना सार्वजनिक गरेको छ । यो बाँस सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग र भूस्खलन नियन्त्रणका लागि अत्यन्त उपयुक्त मानिन्छ ।
पहिरोका कारण कालीगण्डकी तटमार्ग अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मिचौर–अर्वेनी सडक खण्डको वडा नम्बर २ गरगरेमा सडक माथिबाट ठुलो पहिरो खसेका कारण आइतबार बिहानबाट सडक अवरुद्ध भएको छ ।