नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ ।
बर्दियाको गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरीकको मृत्यु भएको छ । मृत्यु हुनेमा बहराईच जिल्ला मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंह रहनु भएको छ ।
ताप्लेजुङस्थित कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कार साहित्यकार हर्क याक्सो लिम्बूलाई प्रदान गरेको छ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा गत मङ्सिर दोस्रो साता आयोजना गरिएको फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक महोत्सवबाट आयोजकलाई नाफा भएको छ।
स्वास्थ्य बीमा बोर्डले देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।
पुस महिना यता एक हजार नौ सय भन्दाबढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल महाधिवेशन निर्देशन समिति संयोजक एवं पार्टी सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनबारे छलफल भएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताउनुभएको छ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरू अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याएको मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको भएको नेपाल चेम्बर अफ कसर्मले जनाएको छ।
एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा मच्छिन्द्रले सातदोवाटोलाई १२–१ गोलले हरायो । जारी लिगमा यो फराकिलो अन्तरको जित हो । यससँगै मच्छिन्द्र तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
विपद्को समयमा प्राथमिक उपचारको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले क्षेत्रपाटी क्लबले आइतबार एकदिने प्राथमिक उपचार तथा सिपिआर तालिमको कार्यक्रम आयोजना गरेको हो ।
प्रमुख बालेन्द्र शाहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसावले नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
महोत्तरीको गौशाला मालपोत कार्यालयमा एक जना मृतक व्यक्तिको नाममा जग्गा खरिदबिक्री भएको खुलासा भएको छ। यस कार्यमा मालपोतका केही कर्मचारी र भूमाफियाहरुको मिलेमतोमा नक्कली कागजात तयार पारेर जग्गाको कारोबार गरिएको घटना सार्वजनिक भएको हो ।
सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२ औँ भानु जयन्तीको अवसरमा वेदान्ताचार्य साहित्यकार स्व. डमरूबल्लभ उप्रेतीद्वारा लिखित ‘पुत्र-शोक’ लोकार्पण गरिएको छ ।