पढेर मात्र होइन, परेर पनि जानिन्छ भन्ने नेपाली भनाइ छ । पढेर लिने ज्ञान औपचारिक शिक्षा हो । औपचारिक शिक्षाको आयाम फराकिलो हुँदैन । समय, सन्दर्भ र निश्चित पाठ्यक्रममा आधारित हुन्छ । यसले निश्चित उपलब्धि दिन्छ । यस्तो औपचारिक ज्ञानले प्रमाणपत्र दिई स्तरीयकरण गर्छ ।
नेपाल सरकारले आर्थिक गणनाको दोस्रो चरण यही फागुनदेखि सुरु गर्ने तयारी गरिरहेको छ । आइतबार जनकपुरधाममा आयोजित आर्थिक गणनाको तथ्याङ्क आवश्यकता विषयक सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
दोस्रो विश्वयुद्धको क्रममा र त्यसपछि विश्वमा उपनिवेश विरोधी राष्ट्रिय स्वतन्त्रताको लहर आयो । एसिया र अफ्रिकाका राष्ट्र एकपछि अर्को गरी स्वतन्त्र हुँदै गए । राष्ट्रिय स्वतन्त्रता प्राप्तिको लडाइँमा दुईथरी विचारधारा प्रभावशाली रहे । प्रजातन्त्रवादी र साम्यवादी ।
किशोरावस्थालाई आँधीबेहरीको समय भनिन्छ । व्यक्तिले आफ्नो परिचय खोज्ने समय पनि किशोरावस्था नै हो । यतिखेर किशोरकिशोरी आमाबुबा, घरपरिवार र नातेदारभन्दा साथीसङ्गतिसँग सम्पर्क राख्न चाहन्छन् । व्यक्ति एक्लै हुँदा सोच्ने तरिका, काम र देखाउने व्यवहारभन्दा समूहमा हुँदा गर्ने काम र व्यवहार नितान्त फरक हुने गर्छ ।
आठ वर्षअघि काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपो
मोरङको बेलबारीमा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् कोपिला चुडालका अनुसार हात्तीको आक्रमणबाट बेलबारी –८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका– ११ र १३ जोड्ने डिम्किस्थित डाक्टर रणशेर राई समाधिस्थल जाने बरुवा खोलामा बनाउन थालिएको झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्य नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउनुभएको छ । २१२ औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु साहित्य उद्यानद्वारा आइतबार शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रत्येक भाषाका स्रष्टाले उहाँबाट प्रेरणा लिएर आआफ्नो मातृभाषामा साहित्य सिर्जना गरी नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बगैँचाका रूपमा सिँगार्न सक्नुपर्ने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे जस्तै भानुभक्त आचार्यले भाषिक एकीकरण गरेको बताउनुभएको छ ।
वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ । आइतबार साँझ वर्षासँगै रोसी गाउँपालिका– ९ पिन्थलीमा खहरे खोलामा आएको लेदोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
गोरखा र चितवनको सिमानामा निर्माणाधीन एक सय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रोपावर परियोजनाको काम ३५ प्रतिशत सकिएको छ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–१ र चितवनको इच्छाकामना गाउँपालिका–३ को सिमाना फिसलिङनजिकै आयोजनाका पाँच वटा गेटमध्ये तीन वटा निर्माण भएका छन् ।
चट्याङ लागेर दैलेखमा एक महिला गम्भीर घाइते भएकी छन् । आइतबार साँझ परेको चट्याङ लागेर नारायण नगरपालिका–७ किमुगाउँका ३८ वर्षीया भरतदेवी खड्का घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा यस वर्ष कम पानी पर्दा धान रोपाइँ प्रभावित छ । न्यून वर्षाकै कारण गत वर्षको यसै अवधिको तुलनामा कोशीमा असार २८ गते शनिबारसम्म ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कोशी प्रदेशमा गत वर्षभन्दा २० प्रतिशतले कम हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
असार सकिन लाग्दा मुलुकभर ५९ प्रतिशत अर्थात् आठ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।