शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मङ्गला मावि, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१/२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो ।
दैलेखमा बर्खे धान ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
सडक निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीले सडक डिभिजन कार्यालयविरुद्ध हालेको उत्प्रेषण मुद्धा अदालतल खारेज गरेको छ ।
जाजरकोटमा टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ५८ प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ । गाजामा नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार मध्यगाजा शहरको भीडभाड भएको बजारलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा एक डाक्टर र एक बालकसहित कम्तिमा १५ जनाको मृत्यु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्का समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टी पङ्क्तीलाई आग्रह गरेको छ ।
पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गतको बागलुङ–गलकोट खण्ड अवरुद्ध भएको छ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
नवलपुरका किसानहरू यति वेला मकै भित्र्याउने चटारोमा छन् । व्यावसायिक रूपमै खेति मकै खेति गरेका यहाँका किसानहरू छोडाउने अनि सुकाउने काममा व्यस्त छन् । केही वर्ष पहिलेसम्म हातैले मकै छोडाएर थन्क्याउनु पर्ने बाध्यता थियो भने अहिले मेसिन भित्रिएपछि किसानलाई काममा धेरै सहज भएको छ ।
यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फुलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ ।
झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो ।
कुनै एक क्यासिनोको दृश्य । मानिसहरूको भीडभाड देखिन्छ । सबैको पोसाकबाट मानिसहरू सम्पन्न र प्रतिष्ठित देखिन्छन् । मञ्चको दृश्य मध्य भागमा केन्द्रित हुन्छ । त्यहाँ एउटा भव्य टेबुलमा बसेर मानिसहरू तास खेल्दै छन् । तिनीहरू
वृद्ध भएपछि आफन्तबाट उचित हेरचाह, स्याहारसुसार र सुरक्षाको उत्तिकै खाँचो हुन्छ । वृद्धवृद्धाले आफूले धेरै दुःख र कष्टका साथ हुर्काएका सन्ततिबाट उचित सम्मान र व्यवहारको अपेक्षा राखेका हुन्छन् तर उनीहरूको अपेक्षा पूरा हुन सकिरहेको पाइँदैन । बुढेसकालले छोएकाहरू यसको विकल्पका रूपमा वृद्धाश्रमलाई लिन थालिसकेका छन् ।