कुनै एक क्यासिनोको दृश्य । मानिसहरूको भीडभाड देखिन्छ । सबैको पोसाकबाट मानिसहरू सम्पन्न र प्रतिष्ठित देखिन्छन् । मञ्चको दृश्य मध्य भागमा केन्द्रित हुन्छ । त्यहाँ एउटा भव्य टेबुलमा बसेर मानिसहरू तास खेल्दै छन् । तिनीहरू
वृद्ध भएपछि आफन्तबाट उचित हेरचाह, स्याहारसुसार र सुरक्षाको उत्तिकै खाँचो हुन्छ । वृद्धवृद्धाले आफूले धेरै दुःख र कष्टका साथ हुर्काएका सन्ततिबाट उचित सम्मान र व्यवहारको अपेक्षा राखेका हुन्छन् तर उनीहरूको अपेक्षा पूरा हुन सकिरहेको पाइँदैन । बुढेसकालले छोएकाहरू यसको विकल्पका रूपमा वृद्धाश्रमलाई लिन थालिसकेका छन् ।
मकवानपुरमा गएराति भएको छुट्टाछुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका १ स्थित क्रेसरडाँडा सडकखण्डमा फाखेलबाट पालुङतर्फ आउँदै गरेको बा ८८ प ५१३३ नं.मोटरसाइकलले र विपरीत दिशा पालुङबाट वज्रबारहीतर्फ जाँदै गरेको प्र ३–०३–००१ ह १४५ न.को अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गए राति दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै जीर्ण बनेको छ । भानुजन्मस्थललाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको भए पनि त्यसको सदुपयोगमा ध्यान नदिँदा जीर्ण बन्दै गएको हो ।
सानो छँदाको दसैँतिहारको घटना अहिले याद आउँछ । त्यसबेला गाउँमा मासु र सेल खानलाई दसैँतिहार नै पर्खिनुपर्ने हुन्थ्यो । वर्ष दिनमा बल्लतल्ल मासु र सेल खान पाइने हुँदा सकेसम्म पेट फुलाएर नै खाने गरिन्थ्यो । खाइसक्दा नसक्दै एकैछिन पछि प्यास लागेर हैरान हुन्थ्यो ।
विराट् उद्यान । साँझ पर्नुअघिको समय । उद्यानको दृश्य अत्यन्तै रमाइलो छ । उद्यानमा मानिसहरूको चहलपहल छ । केही उद्यानमा प्रवेश गरिरहेका छन् । केही बाहिर निस्किरहेका छन् । केही उद्यानमा बसिरहेका छन् । केही उद्यानको अवलो
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्रको अढाई किलोमिटर बढी सडक कालोपत्रे गरिएको छ । मेची राजमार्ग हुँदै फुङ्लिङ नगरपालिकाको कार्यालय जोड्नेसहित बजारभित्रका विभिन्न सडकहरु कालोपत्रे गरिएको हो ।
धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन
कर्णाली प्रदेश सरकारले २० मेगावाटसम्मको जलविद्युत् आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेटको व्यवस्था गरेको छ । कर्णाली प्रदेश सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकता दिएर सम्भाव्यता अध्ययन, सहलगानी तथा सेयरमा लगानी गर्ने गरी बजेट विनियोजन गरेको छ ।
मध्यपहाडी राजमार्गको भोर्ले–दाहखानी खण्डको निर्माण ८५ प्रतिशत सकिएको छ । मुग्लिङ–नारायणगढ सडकखण्डको भोर्लेबाट पहाडको बाटो हुँदै पूर्वी मकवानपुर जोड्ने गरी निर्माण गरिएको सडकको एउटा खण्डको सम्पन्न गरिने तयारी भइरहेको छ ।
गाउँमा चाडबाडसँगै बर्खे बाली लगाउन सबै व्यस्त देखिन्छन् । धान बालीदेखि कोदो रोप्न नागरीक खेतबारीमा जम्मा हुँदा चहलपहल बढेको छ । विशेषगरी असारमा जिल्लाका किसानलाइ चटारो हुने गरेको कुनै नौलो कुरा होइन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
हिमपहिरोको उच्च जोखिममा रहेको नाम्खा गाउँपालिका–६ को तिलगाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन् । हिमपहिरोले गाउँ जोखिममा परेको र अब त्यहाँ बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै तिलगाउँवासीले यस्तो निर्णय गरेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
श्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्ने सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट ठुलो रकम भुक्तानी नपाउँदा सेवा प्रवाह प्रभावित हुने अवस्था आएको जनाएको छ ।