म्याग्दीको मालिका गाउँपालिकामा रहेको निस्कोट स्वास्थ्य चौकीको पानी चुहिने एकतले जीर्ण भवनभित्र त्रिपालले छोपेर बिरामीको उपचार हुँदै आएको छ । करिब ३० वर्षअघि बनेको पुरानो र जीर्ण भवनबाट वडावासीलाई स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएको छ ।
४ बजेपछि विद्यालय बिदा भएको जनाउ घण्टी बज्यो । सबै विद्यार्थी कक्षाकोठाबाट बाहिरिए । कोही बसमा चढे, कोही साइकल चलाएर त कोही हिँड्दै घरतिर लागे । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी भने जुत्ता खोलेर विद्यालय पोसाकमा खेततिर लागे ।
यहाँको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रुपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो ।
सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको हो ।
इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडा नं २,३, ५, ६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरेको हो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयको कार्य जिम्मेवारी सम्हाल्नुभएको एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयले नीतिगत सुधारमार्फत विकास आयोजना सहजीकरणमा उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा मधुवन नगरपालिका–८ गणेश चोक नजिक हुलाकी सडकमा उहाँ दुर्घटनामा पर्नु भएको हो ।
समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो ।
पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ ।
कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो ।
खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा आइतबार हस्ताक्षर भएको छ ।
खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बन्नुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ । उहाँहरुले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहनुुभएको छ ।
प्राचीन शाक्य गणराज्य राज्यको राजधानी सहर तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास सफल हुन सकेन ।
भत्किएको दुई वर्षपछि बाँकेको खल्ला झगडियास्थित राप्ती नदीमा जनताको तटबन्ध कार्यक्रम लमहीले आपत्कालीन तटबन्ध निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको छ ।