नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँ गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रुपमा घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार यही असार २९ गतेसम्म गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा २० दशमलव ४ प्रतिशत विन्दु र मधेस प्रदेशमा २७ दशमलव ७ प्रतिशत विन्दु कम रोपाइँ भएको छ ।
पूर्वी इन्डोनेसियामा सोमबार ६.७ म्याग्निच्युडको भूकम्प गएको तर सुनामीको खतरा नभएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते भएको अलजजिराले जनाएको छ ।
धरान–चतरा सडक खण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा पुल निर्माणा गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्नुभएको छ ।
युक्रेनमा मस्कोको युद्धलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति फेरि असन्तुष्टि व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार वासिङ्टनले किएभमा प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने र रुसमाथि नयाँ प्रतिबन्ध लगाउने सङ्केत गर्नुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरुभएको हो ।
मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसका नेता डा शेखर कोइराला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।
पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कुल ८४ पदकसहित श्री नं १८ बाहिनी अड्डा पहिलो भएको छ । श्री नं १८ ले ३२ स्वर्ण, २२ रजत र ३० कास्य पदक प्राप्त गरी पहिलो भएको हो ।
जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यताको संगम हो भन्दा फरक पर्दैन ।
आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।
बैतडी जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका उद्देश्यले ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबिच सोमबार भेटवार्ता भएको छ ।
पछिल्लो समय रौतहटको वनजङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ । डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिवन वन कार्यालय जङ्गल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका लागि हिजोआज ड्रोन प्रयोग गर्न थालेको हो ।
डिभिजन वन कार्यालय सप्तरी राजविराजद्वारा आव २०८१-०८२ मा सञ्चालित विभिन्न योजना तथा कार्यक्रमको सञ्चारकर्मी, वन कर्मचारी तथा पदाधिकारीहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।