काभ्रेपलान्चोकको नमोबद्ध नगरपालिका–१ श्यामपाटीकी लीला थापाका लागि गत वर्ष २०८१ भदौ २१ गतेको रात जीवनकै दशा आइपर्यो । घर माथिबाट आएको पहिरोले घरबार त सिनित्तै बगायो । पापी पहिरोले घरको निशाना समेत नराखी घर बगायो अनि त्यो मात्र नभएर हुर्किएका एक छोरा र छोरीलाई समेत पहिरोमा गुमाउनु पर्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै हुनुहुन्छ ।
काठमाडौँ जेभियर पब्लिक स्कुलको आयोजनामा दोस्रो काठमाडौँ जेभियर पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ ।
बागमती प्रदेशमा हालसम्म ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार आइतबारसम्ममा बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा ६ दशमलव ५४ प्रतिशतले बढी हो ।
दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको प्रहरीले सोमबार जनाएको छ ।
सेमिकन्डक्टरको माग बढ्दै गएकाले दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामानको निर्यात लगातार पाँचौँ महिना बढेको छ ।
कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै नौ वटै पालिकामा छाउपडीगोठ भत्काउन आग्रह गरेको हो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्मार्ट बोर्ड खरिदको विषयले विवादमा फसेको छ । विद्यालयमा स्मार्ट बोर्ड खरिदको विषयमा अनियमितताको आशङ्का गर्दै सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरूमा आलोचना हुँदै आएको थियो । सोमबार सोही विषयलाई लिएर गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको नेतृत्वमा २८ जना जनप्रतिनिधिको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् ।
पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोसी प्रदेशमा एक हप्तामा १३९ पशुको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईको सङ्ख्या अधिक छ । एक सातामा १३६ वटा गाई मरेका हुन् भने तीन ओटा अरू पशु मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोसी प्रदेशले जानकारी दिएको छ ।
बबई गाउँपालिका वडा नम्बर ५मा पुरन्धारा छहरा नजिकै बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको हो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दल मिलेकाले तीनै तहका सरकार स्थिर भए पनि काममा केही गुनासा रहेको बताउनु भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधारा उदिनामा एक पुरुषको शव फेला परेको छ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशृङ्खला कञ्चनजङ्घा जाने बाटोको झोलुङ्गे पुल बाढीले बगाएको छ । कञ्चनजङ्घा हिमालको साउथ बेसक्याम्प जाने मार्गमा पर्ने सिम्बुवा खोलाको पुल बाढीले बगाएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटीभि वर्ल्ड’ असोज ३ गते भित्रै सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
नेपालको भावी काुननी अध्ययनको भविष्यका बारेमा न्यायिक, कानुनी क्षेत्रका विज्ञहरू, शिक्षाविद् र विद्यार्थीबिच छलफल भएको छ ।