समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
तातोपानी गाउँपालिका जुम्लाले निर्माण सम्पन्न गरेका विभिन्न विकास योजना समुदायलाई हस्तान्तरण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
सोमबार रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ । वर्षासँगै आएको लोदोका कारण अवरुद्ध भएको बिपी राजमार्ग मङ्गलबार बिहान ८ः३५ बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
नागरिकको मौलिक हकको रुपमा रहेको खानेपानी जस्तो संवेदनशील सेवामा सरकारले कर लगाउँदा आम उपभोक्ता मारमा परेका छन् ।
विगतका आयोग, समिति र कार्यदलबाट काम बाँकी रहेका दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का अव्यवस्थित बसोबासीलाई सोमबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
लामो समयको खडेरी र तापक्रम वृद्धिले गर्दा तनहुँमा रोपाइँ प्रभावित भएको छ । यतिबेला रोपाइँ सम्पन्न भइसक्नु पर्नेमा २५ प्रतिशत बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
विसं २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा डा आरजु राणा देउवा नियुक्त भएयता नेपालको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरु थपिएका छन् भने उहाँको कूटनीतिक ‘इङ्गेजमेन्ट’बाट परराष्ट्र नीति थप सुदृढ बन्न पुगेको छ ।
डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो ।
थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या कैलाली तथा कञ्चनपुर जिल्लामा बढ्दै गएको छ । खास गरी थारू समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो ।
प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् ।
मदनभण्डारी राजमार्गअन्तर्गत धरान-चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् ।
कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् ।
चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।