कैलाली प्रहरीले नौ ग्राम ३५० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित एक युवकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ भन्सार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।
सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु. ४० ले घटेको छ ।
आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षदेखि लालपुर्जाबाट वञ्चित सङ्खुवासभा चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् ।
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) कैलालीले कृष्णपुर नगरपालिका –१, कञ्चनपुरका २८ वर्षीया महिला कमला आउजीको छाउगोठमा बसेका बेला सर्पको टोकाइबाट भएको मृत्युप्रति स्तब्ध भएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनको तयारी भइरहेको बताउनुभएको छ ।
सन् २०१५ देखि २०२३ सम्म नाइजेरियाका राष्ट्रपतिको रूपमा सेवा गरेका मोहम्मदु बुहारीको बेलायती राजधानीमा मृत्यु भएको छ । राष्ट्रपति बोला टिनुबुले पूर्वराष्ट्रपति बुहारीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गर्नुभयो ।
कोशी प्रदेश सरकारले केवल बजेट पारित गर्ने परम्परागत अभ्यासभन्दा बाहिर निस्कँदै आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमै जोड दिने नीति लिएको छ ।
बारबर्दिया नगरपालिका–३, खुरखुरे बस्ने चाँदनी शाहीका बुवाआमा दुवै बिरामी हुनुहुन्थ्यो । बुवाको मिर्गौला फेल भएको थियो भने आमाको मुटुमा प्वाल परेको थियो । आमाबुवा उपचारका लागि काठमाडौँ बस्नुभएको थियो ।
बागमती प्रदेश सरकारको सहयोगमा बागमती प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माण सुरु गरिएको छ ।हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा निर्माण हुने बागमती प्रदेश प्रहरी अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मङ्गलबार शिलान्यास गर्नुभयो ।
सरसफाइको अभावमा सधैँ फोहोर र दुर्गन्धित हुने बुटवलको मैनाबगरस्थित नमुना बुटवल अटो भिलेजले स्वरूप परिवर्तन गरेको छ । आवश्यक पूर्वाधार निर्माणको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको बुटवलस्थित पहिलो नमुना अटो भिलेज अहिले व्यवस्थित बनेको छ ।
महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । स्तनसम्बन्धी रोगको परीक्षण, परामर्श र उपचारका लागि ‘विशेष ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ ।
चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना हालका वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१, बोक्चे र भिगौँडाको सडक स्तरोन्नति गरिएको छ ।
मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा महिलाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।