नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रविधि अनुसार साहित्यिक पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभएको छ ।
भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू समावेश गरेको निजी अन्तरिक्ष उडान मङ्गलबार प्रशान्त महासागरमा अवतरणसँगै समापन भएको छ ।
एन्फा मैदान सादतोबाटोमा मङ्गलबार भएको खेलमा मच्छिन्द्रले श्री भगवती क्लबलाई ६–० गोलले हरायो ।
गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएपछि र उहाँको १५ वर्षको शासनको अन्त्य गरेर उहाँलाई भारत भाग्न बाध्य पारिएपछि बङ्गलादेश नयाँ सुरुआतको सम्भावनामा थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि पालिकामा बसोवास गर्ने स्थानीयको घरको न्यूनतम विद्युत शुल्क तिर्ने घोषणा गरेको छ ।
बागमती प्रदेश सरकारले सुरक्षा निगरानी बढाउनुका साथै सार्वजनिक सुरक्षालाई सुदृढीकरणका निम्ति १० जिल्लामा सिसिटिभी जडान गरी सञ्चालनमा ल्याएको छ ।
नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ।
राष्ट्रियसभाका सांसदहरूले ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सांसदले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न, खानेपानी र सिँचाइ र मलखादको प्रबन्ध गर्नेदेखि कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भुपेन्द्र गुरुङ र सुदेन गुरुङलाई नेपाल उमा कुङफु सङ्घले स्वागत गरेको छ ।
बाहिर धाराको, बोतलको पानी पिउनै नमिल्ने, फ्रिजको पानी र आइस त छुनै नहुने भएपछि नवलपुरको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले १० वर्षसम्म थर्मसमा तातो पानी बोकेर हिँड्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
बाँकेको कोहलपुर नक्कली नोट र लागुऔषधसहित एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।