• ३२ असार २०८२, बुधबार

नागरिक लगानी कोषको उपदान योजनामा नेसनल लघुवित्त

blog

काठमाडौँ, असार ३१ गते। नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ। 

उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आबद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गर्नु भएको हो। 

कोषको यस योजनामा सङ्गठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी सहभागी हुन सक्ने व्यवस्था रहेको छ। यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर सङ्घ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्ने छन्। 

सोही व्यवस्था अनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आबद्ध भएको हो। लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा दुई लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।