खडेरीले आक्रान्त रहेको नेपालको मधेश प्रदेशमा लामो समयपछि वर्षा सुरु भएको छ । मधेश नेपालको अन्न भण्डार र खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने प्रमुख क्षेत्र मानिन्छ ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेपछि घटेको मूल्य समायोजन हुने निगमको भनाइ छ ।
जिल्लामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वाडनम्वर १० तल्लोपाकु बस्ने वर्ष ६६ को गोबिन्द बुढामगर र उहाँका श्रीमती वर्ष ६७ को श्यामकला बुढामगरको पहिरोले पुरिएर मंगलवार मृत्यु भएको हो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६८ करोड ९३ लाखको बजेट स्वीकृत गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ स्वीकृत गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
प्रेस काउन्सिल नेपालले मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन डेक्स मिडियाकर्मीसँग समाधानमुखी पत्रकारिता विषयक एक दिने कार्यशाला गोष्ठी गरेको छ ।
कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरब हो । पूर्णकदको कालभैरवको मूर्ति मल्लकालीन समयमा काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन भेटिएको र पछि हनुमानढोका परिसरमा स्थापना गरिएको मान्यता छ ।
हिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका–४ लिब्रु स्थित अंगबहादुर शाहीको घरमा सोमबार दिउँसो अज्ञात समूहले आगजनी गरेको छ ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले ठूला पूर्वाधार विकासका लागि वैकल्पिक वित्त परिचालन जरुरी रहेको बताउनुभएको छ।
आर्थिक वर्षको अन्त्यमा पनि शैक्षिक अनुदान निकाशा नभएपछि गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिनुभएको छ ।
भेरी अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाबिच रक्तसंचार सेवा संचालन सम्बन्धी सम्झौता भएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठुला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताउनु भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताउनुभएको छ । राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्गले मिडियाको भूमिकाले प्रभावकारी कानुन निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभएको छ ।