राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि वित्तीय स्रोत परिचालन र विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई अघि बढाउन नेपालले थप ठोस कदम चाल्नुपर्ने बताउनुभएको छ ।
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका र योगदान विस्तार गर्न लगानीकर्ताका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएसँगै मन्त्रालय अन्तर्गतका सरकारी कामकारबाही कागजरहित (पेपरलेस) हुने सो मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) कार्यक्रमको स्पेनमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा अनधिकृत व्यक्ति पुर्याइएको शङ्काबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
नेपालमा हालसम्म १० वटा पालिका बालश्रममुक्त घोषणा भएको जानकारी गराइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको ‘बालश्रम निवारण प्रतिवेदन–२०८२’ कायक्रममा बालश्रममुक्त स्थानीय तह कार्यविधि–२०७७ बमोजिम देशभरका ७५३ पालिकामध्ये हालसम्म १० वटा बालश्रममुक्त पालिका घोषणा भएको जानकारी गराइएको हो ।
राष्ट्रिय सभाका सदस्यले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती विधेयक, २०८० ले कर्मचारीतन्त्रमा संरचनागत सुधार ल्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले ‘ब्युरोक्रेसी’ मा अझै राणाकालीन आचरण र व्यवहार कायम रहेको भन्दै संरचनागत सुधारमा जोड दिनुभयो ।
गणपूरक सङ्ख्या अपुग भएपछि पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक संशोधनका लागि स्वीकृत गर्ने कार्यसूची रोकिएको छ ।
खडेरीले आक्रान्त रहेको नेपालको मधेश प्रदेशमा लामो समयपछि वर्षा सुरु भएको छ । मधेश नेपालको अन्न भण्डार र खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने प्रमुख क्षेत्र मानिन्छ ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेपछि घटेको मूल्य समायोजन हुने निगमको भनाइ छ ।
जिल्लामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वाडनम्वर १० तल्लोपाकु बस्ने वर्ष ६६ को गोबिन्द बुढामगर र उहाँका श्रीमती वर्ष ६७ को श्यामकला बुढामगरको पहिरोले पुरिएर मंगलवार मृत्यु भएको हो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६८ करोड ९३ लाखको बजेट स्वीकृत गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ स्वीकृत गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
प्रेस काउन्सिल नेपालले मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन डेक्स मिडियाकर्मीसँग समाधानमुखी पत्रकारिता विषयक एक दिने कार्यशाला गोष्ठी गरेको छ ।