समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
जिल्ला अदालत कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म एक हजार ६४५ मुद्दा फर्छ्यौट गरिएका छन् । दुई जना न्यायधीश रहनुभएका कञ्चनपुर जिल्ला अदालतमा न्यायधीश राजेन्द्र सिंह भण्डारीले लक्ष्य भन्दा १५३ बढी मुद्दा फर्छ्यौट गर्नुभएको छ ।
पछिल्लो तीन वर्षमा घरेलु हिंसा पीडितले न्याय खोज्न आउने दर घटेको छ । यो दर घट्नुमा घटना कम भएको विषय सकारात्मक भए पनि उजुरीमै नआउने विषय भने खतरा भएको सरोकारवालाले बताएका छन् ।
बझाङको केदारस्युँ गाउँपालिका–४, बागथला बजारमा रहेको एक गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी भएको छ ।
व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।
खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको हो । एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षको असार ३१ गते पदभार सम्हाल्नुभएका उहाँले आफूले एक वर्षमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गर्नुभएको दाबी गर्नुभएको छ ।
मानवीय लापरवाहीका कारण भूक्षयका घटना बढिरहेको सरोकारवालाहरुले बताएका छन् ।
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।
एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्यो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो ।
भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै रौतहटको चन्द्रपुर नगरभित्रका सामुदायिक विद्यालयतर्फ प्रथम स्थान ल्याएको जनशक्ति माध्यमिक विद्यालय चन्द्रपुर–३, गैँडाटारलाई चन्द्रपुर नगरपालिका– ३ का वडा कार्यालयले सम्मान गरेको छ ।
छाउगोठमा बसेकी कञ्चनपुरकी २८ वर्षीय कमला आउजी दमाईंले शनिबार अकालमा ज्यान गुमाउनु पर्यो । महिनावारी भएपछि देवता रिसाउने डरले पक्की घर छाडेर कच्ची छाउगोठमा बसेकी उहाँका लागि त्यही गोठ नै काल बन्यो । शुक्रबार राति विषालु सर्पले टोकेपछि उहाँले संसार छाड्नुभयो । उहाँका तीन छोरा टुहुरा भए ।