म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको गाडपारमा पहिरोमा परी वृद्धाको मृत्यु भएको छ । बुधबार विहान ११ः३० बजेको समयमा वस्ती पछाडिको भिरबाट खसेको पहिरो घरमा खसेपछि स्थानीय ७२ बर्षिया सीता फगामीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
बीपी राजमार्गमा सवारी चाप बढेसँगै पैदलयात्री हिँड्डुल गर्नका लागि सडक पेटी निर्माण गरिएको छ ।
ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ ।
‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ६० औँ शृङ्खलामा पोखरा महानगरपालिका–२२ स्थित कालाबाङ घरेडी बुद्धपार्कलगायतका क्षेत्र समेटेको छ ।
भारतको नयाँ दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ जना नेपाली बाँकेको कोहलपुरमा पक्राउ परेका छन् । पक्राउ परेका सबै कालिकोटका वासिन्दा हुन् ।
हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिकजसो पर्यटक पदयात्रा गर्दै पहाततर्फ उक्लिरहेका देखिन्छन् ।
पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा रोपाइँले गति लिन सकेको छैन । असारको अन्तिमसम्म आइपुग्दा जिल्लामा जम्मा ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ ।
धादिङमा भएको निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविरमा चार सय एक जनाले सेवा लिएका छन् । गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको शिविरमा चार सय एक जनाले सेवा लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनुभएको छ ।
मल्लरानी गाउँपालिका –५ सरङकोटका मुकुन्द मल्लले आफ्नो बारीमा तरकारी खेतीका लागि प्लास्टिक टनेल बनाउनुभएको छ । साथमा मल्चिङ र थापो सिँचाइ प्रविधि पनि जडान गर्नुभएको छ ।
गोरखाको पालुङटार नगरपालिका-२ लिगलिगकोटमा ६० फिट अग्लो फलामे खम्बामा ४० फिट उचाइको नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ ।
बझाङको केदारस्युँ गाउँपालिका –४, बागथला बजारस्थित एक गार्मेन्ट उद्योगमा मंगलबार राति आगलागी भएको छ ।स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा राति करिब पौने १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
जिल्ला अदालत जुम्लाले चालु वर्षमा ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदाललतले सार्वजनिक गरेको प्रगति तथा अन्तर्क्रियामा आर्थिक वर्ष २०८१/०८२ मा ३११ मुद्दा मध्य २१३ मुद्दा फर्छ्यौट भएका छन् ।
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।