जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।
दक्षिण कोरियामा एक शिक्षक र एक माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीको अविभावक (आमा) लाई परीक्षाको प्रश्नपत्र चोरी गर्न विद्यालयमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।
दुर्घटना अनुसन्धानमा सहायता गर्न एयरलाइन ककपिटमा भिडियो क्यामेरा राख्नुको ‘बलियो तर्क’ रहेको विश्वव्यापी उड्डयन उद्योग समूह आइएटिए प्रमुखले बुधबार बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरमा पुनःस्थापनासम्बन्धी समस्या समाधानका लागि स्थलगत अनुगमन गरेको छ ।
ताप्लेजुङ जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्योट गरेको छ। जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी अर्थात् साढे बहत्तर प्रतिशत मुद्दाको फछ्र्योट गरेको हो।
आइसल्यान्डको दक्षिणपश्चिमी रेक्जानेस प्रायद्वीपमा बुधबार ज्वालामुखी विस्फोट भएको मौसम अधिकारीले बताएका छन् । यो सन् २०२३ को अन्त्यदेखि यस क्षेत्रमा भएको नवौँ विस्फोट हो ।
बुधबार भालु देखिएपछि जापानमा भइरहेको गल्फ प्रतियोगिताका आयोजकले उदघाटन दिन रद्द गर्ने निर्णय गरेका छन् । पछिल्लो दुई महिनामा दोस्रो पटक भालुले खेल रोकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताउनुभएको छ । सम्झौता अन्तर्गत दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाबाट अमेरिकाले ठूलो परिमाणमा सामान खरिद् गर्नेछ ।
प्रहरीले ठुलो परिणाममा हजार दरका नेपाली रुपियाँका नक्कली नोटका कारोबारीहरूलाई पक्राउ गरेको छ । प्रहरीले १२९३ वटा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको हो ।
साउन महिनाबाट डेङ्गुको जोखिम बढ्ने हुँदा सुरुवाती चरणमा नै रोगको बारेमा प्रचार प्रसार र समुदाय परिचालन गर्ने उद्देश्यले डेङ्गु सचेतना महिना मनाउने घोषणा गरेको स्वास्थ्य सेवा विभागका डा. टङ्कप्रसाद बाराकोटीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत एक वर्षमा १५ करोड रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा पर्यटन शुल्क बापत १५ करोड ५० लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
रूपन्देहीको तिलोत्तमा–५, प्रेमनगरस्थित एकै घरबाट २३ वटा ‘बेबी कोब्रा’ को उद्धार गरिएको छ। एउटै घरमा यति ठुलो सङ्ख्यामा कोब्रा भेटिनु दुर्लभ मानिएको छ।