कर्णाली प्रदेश स्थानीय सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । बुधबार प्रदेश सभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको ३१ औं बैठकबाट कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको एक वर्षमा नयाँ सहरदेखि स्थानीय तहपिच्छे साना सहरी केन्द्रका योजनालाई प्राथमिकता दिनुभएको छ ।
वन तथा वातावरण मन्त्रालयले काठको उत्पादनमा थप वृद्धि गरी काठ तथा काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन केन्द्रित देखिएको छ । गत आर्थिक वर्षसम्म तीन करोड मात्र उत्पादन भएको काठ चालु आवको जेठ मसान्तसम्ममा जम्मा तीन करोड ३५ लाख घनफिट काठ उत्पादन भएको मन्त्रालयले जनाएको छ । साथै प्लाइउड उद्योग तथा जडीबुटी मुख्य विदेश निर्यात हुने वस्तुमा परेको छ ।
कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसे पञ्चमीको घुर्बिसे पञ्चमी सहकारी संस्थाको भवनमा सेप्टिक ट्याङकी निर्माण गर्न खटेका तीन जना श्रमिक बेहोस अवस्थामा फेला परेका छन् ।
हमासले इजरायलमाथि गाजा पट्टीमा आफ्नो सैनिक उपस्थितिलाई दीर्घकालीन रूपमा कायम राख्न खोजेको आरोप लगाएको छ । साथै, उसले दोहामा भइरहेको अप्रत्यक्ष वार्तामा कुनै ठोस प्रगति नभएको दाबी गरेको छ ।
रक्षामन्त्री मानवीर राईले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय सुरक्षा, शासकीय सुधार, विकास निर्माण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउनुभएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ ।
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गर्नुभएको छ । उहाँले साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभए लगतै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानीकर्तामा विश्वासको वातावरण सृजना गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्नुभएको छ।
राजश्व छली गरी ल्याएर विक्री गर्ने सामग्रीसहित प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँको सिनामंगलबाट उनलाई दुई करोड १९ लाख ७६ हजार ७ सय रुपियाँको सामाग्री सहित चीनको स्यान्डोङ निवासी ३८ वर्षीय यु याङलाई प्रहरीले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
भोजपुरको हतुवगढी गाउँपालिकाको केन्द्र घोडेटार बजार । सदरमुकामबाट दक्षिणी क्षेत्रमा पर्ने यो बजारलाई दक्षिणको व्यापारिक केन्द्रको रुपमा लिइन्छ ।
कीर्तिपुरस्थित निर्माणाधिन त्रिवि क्रिकेट मैदान । क्रिकेट मैदान बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ ।
यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशतले वृद्धि हो ।