पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ को निर्माणाधिन सेप्टिक ट्याङ्कीमा फसेका चार जनामध्ये एक जना श्रमिकको निसासिएर मृत्यु भएको छ ।
रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् ।
सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–४ स्थित सिल्हट पर्साहीका १२० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार आयोजित कार्यक्रममा ती परिवारलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको हो ।
बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी खण्डको करिब ९० प्रतिशत सडकको मर्मत सम्पन्न भएको छ । बाढीले प्रभावित १४ कि
स्याङ्जाको वालिङ नगरपालिका–१२ की सीता थापाले गाउँमा फालिएको बाँझो जमिन भाडामा लिएर व्यावसायिक रुपमा अकबरे खुर्सानीको खेती सुरु गर्नुभएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
राज्यका तीन प्रमुख अङ्ग मानिने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका हुन्छ ।
बौद्धिक सम्पत्ति भन्नाले मान्छेले बुद्धि प्रयोग गरी सिर्जना गरेको लेख, रचना, सङ्गीत तथा आविष्कारलाई बुझाउँछ,
कञ्चनपुरको कृष्णपुरमा छाउपडी गोठमा सर्पले टोकेर कमला आउजीको मृत्यु भएको घटनापछि सरोकारवालाहरुले चेतनामूलक अभियानलाई तीव्र बनाउन र कानुनी प्रावधानको कडाईका साथ कार्यान्वयन गर्न जोड दिएका छन् ।
गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी समालेको एक वर्षको अवधिमा राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न महत्वपूर्ण काम गर्नुभएको छ ।
पछिल्लो समय काठमाडौँलगायत नेपालका धेरै स्थानमा कतै अत्यधिक गर्मी त कतै भारी वर्षा हुन थालेको छ । जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण पृथ्वीको तापमानमा वृद्धि हुन गई नेपालमा पनि कतै खडेरी पर्ने र कतै अनियमित वर्षा हुने गरेको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मालाई भिडियोमा देख्न सकिन्छ ।
चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’ को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत बुधबार एक कार्यक्रमबिच काठमाडौँमा सार्वजनिक गरियो । लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनीषा पोखरेलको स्वर छ । गीतमा लेखु सहयात्रीकै सङ्गीत रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ सालको राष्ट्रिय तथा प्रादेशिकसहितका विभिन्न पुरस्कार प्रदान गरेको छ ।