राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ ।
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गर्नुभएको छ । उहाँले साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभए लगतै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानीकर्तामा विश्वासको वातावरण सृजना गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्नुभएको छ।
राजश्व छली गरी ल्याएर विक्री गर्ने सामग्रीसहित प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँको सिनामंगलबाट उनलाई दुई करोड १९ लाख ७६ हजार ७ सय रुपियाँको सामाग्री सहित चीनको स्यान्डोङ निवासी ३८ वर्षीय यु याङलाई प्रहरीले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
भोजपुरको हतुवगढी गाउँपालिकाको केन्द्र घोडेटार बजार । सदरमुकामबाट दक्षिणी क्षेत्रमा पर्ने यो बजारलाई दक्षिणको व्यापारिक केन्द्रको रुपमा लिइन्छ ।
कीर्तिपुरस्थित निर्माणाधिन त्रिवि क्रिकेट मैदान । क्रिकेट मैदान बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ ।
यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशतले वृद्धि हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनु भएको हो ।
युरोपेली संसदको निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले ज्याँ मेरी ले पेनका उत्तराधिकारीले दायर गरेको अपिल बुधबार खारेज गरिदिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले छ महिनामा करिब पाँच करोड बराबरको भन्सार राजस्व छलेर भित्र्याइएको अवैध सामान बरामद गरेको छ।
दक्षिण कोरियाको निर्यात मात्रा जून महिनामा लगातार पाँचौँ महिनासम्म बढेको छ, जुन विश्वव्यापी रूपमा विद्युतीय सामग्रीको बलियो मागका कारण भएको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ।
स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरूमा प्रथम विन्दु कायमै रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।