भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको छ । यहाँको भिरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १३० लिटरको छ लाख ६० हजार ६५० रुपियाँ र आँधीखोला कृषि उद्यम सहकारी सस्थालाई ६९ हजार ७२० लिटर दुधको तीन लाख ४८ हजार छसय रुपियाँ गरी नौ लाख ९९ हजार २५० रुपियाँ अनुदान दिएको हो ।
स्वास्थ्य बिमा बोर्डले सङ्घीय सरकार अन्तर्गत रहेको विराटनगरस्थित कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने निर्णय गरेपछि कोशी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
नेपाल–भारत खुला सीमाबाट हुने अपराधजन्य गतिविधि फेरि एक पटक सुरक्षाका दृष्टिकोणले गम्भीर चिन्ताको विषय बनेको छ । हालै मात्र धनुषा प्रहरीले सीमापारिबाट नेपालमा प्रवेश गरी लुटपाट गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्नुहुँदै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ र८३ का लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।
नेपाल सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गर्नुभएको छ । उहाँले असार २३ गते र असार ३० गते गरेका २९ वटा मन्त्रीपरिषद्को निर्णय एकै पटक सार्वजनिक गर्नुभएको हो ।
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादी नदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो ।
मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले जापनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिनेश मण्डल र हरिकुमार महतो रहेको प्रहरीले जानकारी दिएको छ ।
मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ स्थित भोर्लेटार बजार ।
रामधुनी मन्दिर जाने सड्क जीर्ण बन्दै गएपछि सडक पुनः कालोपत्रे गर्न थालिएको छ । रामको पाउ स्पर्श भएको मन्दिर क्षेत्रमा जाने सडक बिग्रिएपछि सडक कालोपत्रे गर्न थालिएको रामधुनी नगरपालिकाले जनाएको छ ।
पछिल्लो तीन दिनमा भारतको राजधानी दिल्लीका करिब दश वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी आएकाले पठनपाठन अस्थायी रूपमा बन्द गरेको प्रहरीले जनाएको छ ।
दक्षिण बागलुङको जैमिनी नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारमा सहायता पुर्याउने उद्येश्यले एक अर्बको ‘नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्ने भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको गाडपारमा पहिरोमा परी वृद्धाको मृत्यु भएको छ । बुधबार विहान ११ः३० बजेको समयमा वस्ती पछाडिको भिरबाट खसेको पहिरो घरमा खसेपछि स्थानीय ७२ बर्षिया सीता फगामीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
बीपी राजमार्गमा सवारी चाप बढेसँगै पैदलयात्री हिँड्डुल गर्नका लागि सडक पेटी निर्माण गरिएको छ ।