इलामको सूर्याेदय नगरपालिका–१ मा गएराति एक जनाको हत्या गरिएको छ । माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाइँ भएको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ ।
गुल्मी जिल्ला अदालतमा वर्षेनि मुद्दाको चाप बढ्दै गएको पाइएको छ । गुल्मी जिल्ला अदालतको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार प्रत्येक वर्ष मुद्दा बढ्दै गएको पाइएको हो ।
गत वर्ष चैतअघि नै चिनी मिललाई उखु बेचेका किसानले तत्काल अनुदान रकम नपाउने भएका छन् । सरकारले उखु पेल्ने सिजन २०८१/८२ मा उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान रकम प्रदान गर्ने निर्णय गरेको थियो । अब आगामी आव २०८२/८३ बाट त उखु किसानलाई अनुदान प्रदान गर्न बजेट नै विनियोजन गरिएको छैन ।
सरकारले विभिन्न विधामा ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गर्नुभयो ।
विदेश यात्राका लागि नेपालीले ११ महिनामा मात्रै दुई खर्ब रुपियाँ खर्चिएका छन् । शिक्षा, रोजगारी तथा घुमघाम जस्ता उद्देश्यका लागि हुने यस्तो खर्च अहिलेसम्मकै सर्वाधिक हो ।
दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनेको सङ्ख्या ३२ वर्षको अवधिमा २३ पुगेको छ । तीमध्ये मङ्गलबार पनि तुइन तर्ने क्रममा एक जना नदीमा खसेर बेपत्ता भएका छन् । तुइनमार्फत भारतीय बजार जाने क्रममा मङ्गलबार व्यास गाउँपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता हुनुभएको हो ।
वन तथा वातावरण मन्त्रालयले नीतिगत सुधारसँगै नेपाल सरकारको समृद्धिको लक्ष्यको प्रभावकारी सहायक बनेको दाबी गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले एक वर्षको अवधिको काम सम्पादनबारे बुधबार जानकारी दिँदै वन तथा वातावरण क्षेत्रको सन्तुलित र उपभोगमैत्री दायित्व पूरा गर्न सफल भएको बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगको बुधबारको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सङ्घीय निजामती सेवा विधेयकमा प्रतिवेदन तयारीमा भएको त्रुटिबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २१ पैसा र बिक्रीदर १३७ रुपियाँ ८१ पैसा कायम भएको छ ।
बर्सात सुरु भएसँगै बडीगाडखोला किनारका स्थानीय ढुक्कले निदाउन छोडेका छन् । २०७३ सालमा बडीगाडखोलाले सत्यवती गाउँपालिका–६, उल्लीखोलाकी पवित्रा भुसालको घरगोठसहित खेत बगायो । सात वर्ष छिमेकमा छाप्रोकै बास भयो ।
पञ्चायतकालको उत्तरार्धदेखि सक्रिय राजनीतिक जीवनमा रहँदासम्म पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रत्येक शनिबार चिया खाने र कार्यकर्ता भेट्ने ‘अड्डा’ नै थियो, बानेश्वरस्थित लक्ष्मी दिदीको चिया पसल ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ४ मा बुधबार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ । वडानम्बर ४ का गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।