खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षको असार ३१ गते पदभार सम्हाल्नुभएका उहाँले आफूले एक वर्षमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गर्नुभएको दाबी गर्नुभएको छ ।
मानवीय लापरवाहीका कारण भूक्षयका घटना बढिरहेको सरोकारवालाहरुले बताएका छन् ।
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।
एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्यो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो ।
भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै रौतहटको चन्द्रपुर नगरभित्रका सामुदायिक विद्यालयतर्फ प्रथम स्थान ल्याएको जनशक्ति माध्यमिक विद्यालय चन्द्रपुर–३, गैँडाटारलाई चन्द्रपुर नगरपालिका– ३ का वडा कार्यालयले सम्मान गरेको छ ।
छाउगोठमा बसेकी कञ्चनपुरकी २८ वर्षीय कमला आउजी दमाईंले शनिबार अकालमा ज्यान गुमाउनु पर्यो । महिनावारी भएपछि देवता रिसाउने डरले पक्की घर छाडेर कच्ची छाउगोठमा बसेकी उहाँका लागि त्यही गोठ नै काल बन्यो । शुक्रबार राति विषालु सर्पले टोकेपछि उहाँले संसार छाड्नुभयो । उहाँका तीन छोरा टुहुरा भए ।
भारतको गुजरात राज्यमा यातना भोगिरहेका पाँच जना नेपाली मजदुरको उद्धार गरिएको छ । सप्तरीको तिरहुत गाउँपालिका ४ र हनुमाननगर कंकालिनी नगरपालिका ८ का पाँच जना मजदुरलाई गुजरातको बनासकांठा जिल्लास्थित जोहरापुरा गाउँमा रहेको रामदेव कोल्ड स्टोरबाट उद्धार गरिएको छ ।
आगामी साउन ८ र १२ गते (जुलार्ई २४ र २८) भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनको सुरक्षाका लागि नेपालतर्फ दार्चुला र बैतडी जिल्लास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
असारमा रोपाइँ सकेर बाजुराका विभिन्न ठाउँबाट भारततर्फ जानेको सङ्ख्या बढ्न थालेको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपालगन्ज रङ्गशाला परिसरको संचरना मर्मतमा लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद नै विवाद हुँदा आयोजना निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । जसले गर्दा आयोजना निर्माणमा ढिलाइसमेत भएको छ ।
कर्णाली प्रदेशकै चर्चित पर्यटकीय बुलबुले ताललाई जीर्णोद्धार गरी नयाँ स्वरूप दिन लागिएको छ । बुलबुलेको मुख्य ताल जीर्ण भएको, पानी चुहिने जस्ता समस्या बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले पुरानै आकारमा नयाँ स्वरूप दिन लागेको हो ।