चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मङ्गलबार हस्तान्तरण गरेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ।
“श्रीमान् गुमाएपछि जिन्दगी सकिँदैन, अब हामी चुप बस्दैनौं,” प्यूठानकी एक ६० वर्षीया महिलाको यो आवाज अहिले जिल्लाका एकल महिलाहरूको अभियान बनेको छ।
नेकपा (एमाले) का नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले साउन १ गतेदेखि साउन मसान्तसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको, मन्त्री परिषदको सिफारिसलाई कार्यान्वयन मात्र गरेको बताउनुभएको छ ।
रौतहटमा करेन्ट लागेर मङ्गलबार १४ वर्षीय बालकको मृत्यु भएको छ ।
युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग गर्ने एक अमेरिकीलाई रुसी नागरिकता प्रदान गरिएको मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
सरकारले ७७ वटै जिल्लालाई पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरेको छ ।
गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ ।
बाजुरामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका –३, कटीगाउँका अन्दाजी २९ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मङ्गलबार चिनियाँ राजधानीमा राष्ट्रपति सी जिनपिङसँग भेट गर्दै क्यानबेरा र बेइजिङबिचको सम्बन्धको केन्द्रविन्दुमा ‘संवाद’ हुनुपर्ने बताउनुभएको छ ।
कालीगण्डकी काेरिडोर एकतर्फी सञ्चालनमा आएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बर्लबामा माथिबाट पहिरो खसेपछि असार २९ गतेबाट कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोवास, गरिबी र सामाजिक असमानता अन्त्य गर्न भूमिको स्वामित्व हुनु आवश्यक भएको बताउनुभएको छ ।
एलन मस्कको विद्युतीय वाहन कम्पनीले संयुक्त राज्य अमेरिका र युरोपमा सुस्त बिक्रीका बिचमा नयाँ ग्राहकहरू खोज्दै गर्दा टेस्लाले मङ्गलबार भारतमा आफ्नो पहिलो शोरूमको अनावरण गरेको छ ।