• ३१ असार २०८२, मङ्गलबार

करेन्ट लागेर एक बालकको मृत्यु

blog

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), असार ३१ गते । रौतहटमा करेन्ट लागेर मङ्गलबार १४ वर्षीय बालकको मृत्यु भएको छ ।

मौलापुर नगरपालिका-८, सोनरनिया बस्ने सुधन राउत कुर्मीको छोरा गोलु भन्ने नरेन्द्र पटेलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा अचानक करेन्ट लागि घाइते भएका पटेलको मौलापुरस्थित शान्ती पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

मृतक पटेलको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।