• ३२ असार २०८२, बुधबार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

blog

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, असार ३१ गते । नेकपा (एमाले) का नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार मन्त्री पदमा नियुक्त गर्नुभएको हो । 

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस मागेको अडियो काण्ड बाहिर आएपछि उहाँले मङ्गलबार नै पदबाट राजीनामा दिनुभएको थियो ।