• ३१ असार २०८२, मङ्गलबार

कालीगण्डकी काेरिडोर एकतर्फी सञ्चालन

blog

कालीगण्डकी काेरिडोर सडक खण्ड । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, असार ३१ गते । कालीगण्डकी काेरिडोर एकतर्फी सञ्चालनमा आएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बर्लबामा माथिबाट पहिरो खसेपछि असार २९ गतेबाट कालीगण्डकी काेरिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो । 

तीन दिनको लगातारको प्रयासपछि काेरिडोर एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । कालीगण्डकी काेरिडोर पटक पटक अवरुद्ध हुने गरेको छ । असार महिनामा मात्र विभिन्न खण्डमा गरेर चार पटक अवरुद्ध भएको छ ।