उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भुपेन्द्र गुरुङ र सुदेन गुरुङलाई नेपाल उमा कुङफु सङ्घले स्वागत गरेको छ ।
बाहिर धाराको, बोतलको पानी पिउनै नमिल्ने, फ्रिजको पानी र आइस त छुनै नहुने भएपछि नवलपुरको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले १० वर्षसम्म थर्मसमा तातो पानी बोकेर हिँड्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
बाँकेको कोहलपुर नक्कली नोट र लागुऔषधसहित एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिनुभएको छ ।
नेकपा (एमाले) ले जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदैगएको निष्कर्ष निकालेको छ । पार्टी विस्तारको मह्त्वपूर्ण अङ्गको रुपमा रहेको संगठन विभागको बैठकले एमालेले सञ्चालन गरेको जरा केन्द्रित अभियानले आम कार्यकर्ता पनि चलायमान भएको जनाएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार बराबरको बजेट स्वीकृत गरेको छ।
पर्यटन विकास गर्ने उद्देश्यले लोटैया ताल क्षेत्रमा थारु सङ्ग्रहालय पार्क सञ्चालन गरिएको हो । थारु सङ्ग्रहालयसहितको पार्क निर्माणका लागि संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।
बसाइँ सरेर गएका खोटाङका एक व्यक्ति पुनः गाउँ फर्किएर बाख्रा पालनमा लागेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा केहिपनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै पत्रकारिताले यसलाई सत्यतथ्यरुपमा चिर्न आवश्यक भएको बताउनुभएको छ ।
हिमाली जिल्ला हुम्लामा शतप्रतिशत मार्सी धान रोपाइँ कार्य सम्पन्न भएको छ। पछिल्लो समय जिल्लामा मनसुन भित्रिएसँगै रोपाइँ सकिएको हो।
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गर्नुभएको छ । उहाँले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गर्नुभएको छ ।
सर्लाहीको बागमती नगरपालिका-११, कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम । यस ड्यामबाट निकालिएको नहरबाट दुवै जिल्लामा सिँचाइ हुँदै आएको छ ।
दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् ।