• ३१ असार २०८२, मङ्गलबार

देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्यो : सांसद शर्मा

blog

काठमाडाैँ, असार ३१ गते । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले देशमा गरिबी झनै बढिरहेको, खाद्य सङ्कट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गर्नुभयो । उहाँले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको बताउनु भयो । निर्यात दिनदिनै कम भइरहेको बताउनुभयो । ऋणको भार थेग्न गाह्रो हुने स्थितिमा देश अघि बढिरहेको बताउनु भयो । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्नसके पनि देश बन्न नसक्ने बताउनुभयो । 

सांसद शर्माले भन्नुभयो, ‘हामीले तथ्य, तथ्याङ्कमा हेर्याैँ भने धनी र गरिबि बढिरहेको छ । खाद्य सङ्कट पनि बढिरहेको छ । बेरोजगारी पनि बढिरहेको छ । हामीले जतिसुकै चर्चा, परिचर्चा गरे पनि पुँजीगत खर्च हुन सकेको छैन । आयात बढिरहेको छ । निर्यात बढ्न सकेको छैन । ऋणको भारले देशलाई थेग्न गाह्रो हुने स्थितिमा अघि बढिरहेको छ । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्न सकिएला तर देश बन्नेकुरा एउटा समृद्धिको कुरा सम्भव हुँदैन ।’

सांसद शर्माले देश बनाउने कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।