आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त प्रमाणीकरण सम्बन्धी पत्रको बेहाेरा पढेर सुनाउने गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पौडेलले 'सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२' पेस गर्नुहुने कार्यक्रम रहेको छ।
सप्तरीसहित तराई मधेशका नव विवाहित महिलाले १५ दिनसम्म गर्ने मधुश्रावणी पूजा मङ्गलबारदेखि सुरू भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रूपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहनुभएका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारणसभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ ।
सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग, र भूस्खलन नियन्त्रण गर्ने उद्देश्यले वालिङमा १५०० मोसो बाँस रोपिएको छ ।
बिमितले साउन १ गतेबाट स्वास्थ्य बिमामा आबद्ध भएको एक महिनापछि उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि लागु हुनेगरी सेवा सुविधा लागु हुने समय छोट्याउन निर्णय गरेको छ । यो निर्णयसँगै बिमितले एक महिनाको अन्तरमा उपचार सुविधा पाउने भएका हुन् ।
अन्न भण्डारको रूपमा परिचित बागलुङ नगरपालिका –१३, बलेवाको दम्कफाँटमा लिफ्ट सिँचाइ आयोजनाबाट पानी आउन थालेपछि किसान उत्साहित भएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोत साधन परिचालन गर्ने बताउनुभएको छ ।
ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । सिरिजङ्घा गाउँपालिका–१, मा रहेको उक्त विद्यालयले निःशुल्क पढाउने भएको हो ।
यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
पहिले बर्खा लागेसँगै गाउँ–गाउँमा बेग्लै रौनक हुन्थ्यो । गाउँभरीका मान्छे भेला भई रोपाइँसँगै नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको थियो । भकारी बाँध्ने चलन थियो । असारे भाका गुन्जन्थे ।
पाटन कृष्ण मन्दिरसँगैको सांस्कृतिक सम्पदामा उम्रिएको रूख ।
म्याग्दी सदरमुकाम बेनीस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा ताला लगाइएको छ ।
प्युठानमा आफन्तको घर बस्न गएका एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको घटना सार्वजनिक भएको छ । सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।