शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडाैँ, असार ३१ गते । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पौडेलले 'सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२' पेस गर्नुहुने कार्यक्रम रहेको छ।
यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्धी विष्णुप्रसाद पौडेलले 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ मथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले 'राष्ट्रिय उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।