सन् २०१५ देखि २०२३ सम्म नाइजेरियाका राष्ट्रपतिको रूपमा सेवा गरेका मोहम्मदु बुहारीको बेलायती राजधानीमा मृत्यु भएको छ । राष्ट्रपति बोला टिनुबुले पूर्वराष्ट्रपति बुहारीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गर्नुभयो ।
कोशी प्रदेश सरकारले केवल बजेट पारित गर्ने परम्परागत अभ्यासभन्दा बाहिर निस्कँदै आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमै जोड दिने नीति लिएको छ ।
बारबर्दिया नगरपालिका–३, खुरखुरे बस्ने चाँदनी शाहीका बुवाआमा दुवै बिरामी हुनुहुन्थ्यो । बुवाको मिर्गौला फेल भएको थियो भने आमाको मुटुमा प्वाल परेको थियो । आमाबुवा उपचारका लागि काठमाडौँ बस्नुभएको थियो ।
बागमती प्रदेश सरकारको सहयोगमा बागमती प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माण सुरु गरिएको छ ।हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा निर्माण हुने बागमती प्रदेश प्रहरी अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मङ्गलबार शिलान्यास गर्नुभयो ।
सरसफाइको अभावमा सधैँ फोहोर र दुर्गन्धित हुने बुटवलको मैनाबगरस्थित नमुना बुटवल अटो भिलेजले स्वरूप परिवर्तन गरेको छ । आवश्यक पूर्वाधार निर्माणको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको बुटवलस्थित पहिलो नमुना अटो भिलेज अहिले व्यवस्थित बनेको छ ।
महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । स्तनसम्बन्धी रोगको परीक्षण, परामर्श र उपचारका लागि ‘विशेष ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ ।
चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना हालका वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१, बोक्चे र भिगौँडाको सडक स्तरोन्नति गरिएको छ ।
मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा महिलाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५, गुराश टोलमा एउटा अजिङ्गरको उद्धार गरिएको छ । स्थानीय शिरोमणि अधिकारीको कुखुराको खोरमा भेटिएको उक्त अजिङ्गरलाई वन्यजन्तु उद्धारकर्ता तथा बर्दघाटका दुर्गा लामिछानेले उद्धार गर्नुभएको हो ।
कर्णाली प्रदेश सरकारले लगानीमैत्री योजना निर्माण गर्ने भएको छ । लगानीकर्तालाई प्रदेशमा लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले ‘कर्णाली प्रदेश लगानी पोर्टल विकास’ गर्न लागेको छ । स
कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको छ ।
नेपाल–चीन व्यापारको ऐतिहासिक तथा प्रमुख स्थलमार्ग तातोपानी नाका चालु आर्थिक वर्षमा ८० दिन बन्द भएको छ । बन्द हुनुको एउटै कारण जीर्ण सडक, बाढीपहिरो र कमजोर पुलले गर्दा हो ।
साझेदारी वनका अभियन्ताहरुको दुई दिनसम्म चलेको गोष्ठीले मधेश प्रदेशका वनजङ्गलको संरक्षण र संवर्धन सुनिश्चित गर्न २१ बुँदे बर्दिबास घोषणापत्र जारी गरेको छ ।
विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशले १४ प्रतिशतले सुधार गरे पनि यहाँका २६ विद्यालयको नतिजा शून्य आएको छ । कर्णालीका सामुदायिक र संस्थागत गरी कुल ७४७ विद्यालयमध्ये २६ वटा विद्यालयको नतिजा शून्य आएको हो ।