जारमै चिसो रहने प्रशोधित पिउने पानी उत्पादन र बिक्रीवितरण गर्ने अनुमति छैन । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्रीवितरणलाई मान्यता दिँदैन । तथापि तराईका जिल्लामा यस्तो पानी उत्पादन गर्ने बेच्ने काम हुँदै आएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक मङ्गलबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३० वटा व्यापारिक फर्मलाई अनलाइन व्यापारको स्वीकृति दिएको छ ।
पाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २८ पैसा र बिक्रीदर १३७ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले पाँच महिनाअघि लागु गरेको स्नातकोत्तर (एमए) तहको नेपाली विषयको नयाँ पाठ्यक्रम विवादमा परेको छ ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालिका ८ घर भई घोराही उपमहानगरपालिका १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबिच आज छलफल भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाउनुभएको छ ।
नेपाल बौद्धिक परिषद्ले दोस्रो केन्द्रीय कमिटीले पारित गरेको आठ बुँदे प्रस्ताव जारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको बताउनुभएको छ । प्रनिधिनिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोउत्तरमा उहाँले भूमिसम्बन्धी जुनसुकै समस्या भए पनि समाधान गर्न तयार रहेको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रुपमा रहेको भन्दै यसबाट चलचित्र सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
मुग्लिन पोखरा सडक योजना [पूर्वी खण्ड] को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते इतबारदेखि सकिएको हो ।