संस्कृति शिरोमणि हरिराम जोशीले भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पश्चिम नवलपरासीको सुस्ता ५ स्थित ठाढीघाट (अनोमाघाट०) लाई हालै नेपाल पर्यटन बोर्डले प्रबज्या स्थल घोषणा गरेपछि यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने अपेक्षासहित निजी क्षेत्रमा उत्साह छाएको छ ।
अस्थिर सरकार बनाउने खेल अन्त्य गर्दै प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समझदारीमा सत्ता सहयात्रा सुरु भएको एक वर्ष आशालाग्दो बनेको छ । कांग्रेस र एमालेबिच भएको सातबुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री
मुलुकको समृद्धिका लागि समयबद्ध नीति, योजना र कार्यक्रमको संयोजन अपरिहार्य हुन्छ । आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम, बजेट र कार्य योजनाबिचको तादात्म्यले लक्षित उद्देश्य हासिल गर्न टेवा पु¥याउने हुन्छ । विकास निर्माण वा सेवा प्रवाहको आवधिक लक्ष्य प्राप्तिका लागि वार्षिक कार्यतालिका अनुरूपको कार्य गर्ने गराउने निकायगत जिम्मेवारीले महत्वपूर्ण योगदान गरेको हुन्छ । साथै कामको गुणस्तर, मितव्ययिता र नियमितताका लागि कार्य योजना, सोको अनुसरण, निगरानी
डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका तथा शिवशङ्कर माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १३ वर्षीय किशोर प्रकाश भट्टराईको असार ५ गते बिहान शौचालय गएका बेला सर्पले डसेर उपचारको क्रममा अस्पतालमा मृत्यु भयो । अहिले के महेन्द्रनगर, धनगढी, भेरी को
सामाजिक उत्तरदायित्व वहन गर्ने गरी पत्रकारले अँगालेको पेसा नै पत्रकारिता हो ।
बैङ्किङ क्षेत्र आफैँमा संवेदनशील क्षेत्र हो ।
कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका– ६ कालागड टोलमा भातको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।
साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को पोखरामा चर्चा गरिएको छ ।
पूर्वी तराई तथा मध्यपहाडी जिल्लालाई जोड्ने बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । सोमबार राति परेको वर्षासँगै आएको भेलले बिपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ । उहाँको आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो घरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
जारमै चिसो रहने प्रशोधित पिउने पानी उत्पादन र बिक्रीवितरण गर्ने अनुमति छैन । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्रीवितरणलाई मान्यता दिँदैन । तथापि तराईका जिल्लामा यस्तो पानी उत्पादन गर्ने बेच्ने काम हुँदै आएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक मङ्गलबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।