गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ३१ गते । दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ । उहाँको आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो घरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सन् १९४२ जुलाई १० मा आन्ध्र प्रदेशको कृष्णा जिल्लाको कान्कीपाडुमा जन्मनुभएका कोटा श्रीनिवास रावले सन् १९७८ मा चलचित्र ‘प्रणम खरिदु’ बाट अभिनय यात्रा सुरु गर्नुभएको थियो ।
उहाँले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ ।