• ३१ असार २०८२, मङ्गलबार

‘हिउँको गीत’ को चर्चा

blog

कास्की समाचारदाता

कास्की, असार ३१ गते । साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को पोखरामा चर्चा गरिएको छ । युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गर्नुभयो । रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राख्नुभयो । उहाँले हिउँको गीतमा स्थान विशेष वातावरणीय सम्बन्ध, ‘पेब्याक’ को परम्परा, मूल्यमान्यताको परम्परा र जमिनको महत्वसम्बन्धी रैथाने विशेषता पाइने उल्लेख गर्नुभयो ।

लेखक गुरुङले आफ्नै व्यक्तिगत जिन्दगीसँग जोडेर उपन्यास लेख्न सुरु गरेको अनुभव सुनाउनुभयो । मिर्गौलारोगबाट पीडित गुरुङले आफ्नै पिताको मिर्गौला प्रत्यारोपण गरेपछि प्राप्त भएको पुनर्जीवनलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा लेखन अघि बढाएको बताउनुभयो ।