वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको निर्यात जुनमा अपेक्षा गरिएभन्दा बढेको चीनको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्ष अघिदेखि रूसले आक्रमण गरिरहेकोे युक्रेनलाई नयाँ प्याट्रियट एयर डिफेन्स सिस्टम आपूर्ति गर्ने घोषणा गरेपछि अमेरिकी विशेष दूत किथ केलग रक्षा वार्ताका लागि सोमबार किएभ आइपुगेको जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिनुभएको छ।
इरानले तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राज्य अमेरिकासँगको वार्ताका लागि कुनै निश्चित मिति नभएको बताएको छ ।
एन्फा मैदान सातदोवाटोमा सोमबार भएको खेलमा मनाङले साविक विजेता चर्च ब्वाईज क्लबलाई ४–३ गोलले हरायो ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष १८४ वटा सुनौलो तोप चरा अभिलेख भएका छन् ।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले तीव्र सहरीकरणका कारण उत्पन्न समस्या व्यवस्थापन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपियाँकोबजेट पारित गरेको छ ।
विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक इटालियन खेलाडी यानिक सिनरले जित्नुभएको छ ।
प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिने बताउनुभएको छ ।
पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१ अम्रेनीमा सोमबार स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ ।
उदयपुरको चौदण्डिगढी नगरपालिका १० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने गरी त्रियुगानदिमा लामोतरीको पाँचसय ५७ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम सुुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तनहरू गराएको र भविष्यको स्पष्ट खाका कोर्ने हिम्मत र दूरदृष्टि समेत आफूसँग मात्रै रहेको बताउनु भएको छ।
नेपालको भलिबल इतिहासमै पहिलो पटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीको अक्सन हुने भएको छ ।