उदयपुरको चौदण्डिगढी नगरपालिका १० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने गरी त्रियुगानदिमा लामोतरीको पाँचसय ५७ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम सुुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तनहरू गराएको र भविष्यको स्पष्ट खाका कोर्ने हिम्मत र दूरदृष्टि समेत आफूसँग मात्रै रहेको बताउनु भएको छ।
नेपालको भलिबल इतिहासमै पहिलो पटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीको अक्सन हुने भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले आज अपराह्न यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएकाे छ ।
अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ रङ्गशालामा आइतबार राति भएको फाइनल खेलमा चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–० गोलले हरायो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकारको एक वर्षे अवधिमा आर्थिक सूचकहरू सकारात्मक देखिएको बताउनु भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिकाका ५ जना भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।
कैलालीको कैलारी गाउँपलिकास्थित घुरहा नदी पुलको अधुरै मर्मत गरेर जोखिम बढाएको स्थानीयले आरोप लगाएका छन् ।
मानसिक रोगको उपचारपछि पुनर्स्थापनासहित जनचेतना बढाउने उद्देश्यले भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक सोमबार रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते भएका छन् ।
ललितपुर महानगरपालिका–२२ स्थित बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ।
मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औँ सभा बैठकले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे हाे ।
निर्माण सुरु भएको लामो समय बित्दासमेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।
ताप्लेजुङमा ३९.६३ प्रतिशत रोपाइँ भएको छ । यो वर्षको असार २९ गते सम्ममा ताप्लेजुङमा ३९.६३ प्रतिशत धान रोपाइँ भएको हो ।