काठमाडौं, असार ३० गते । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औँ सभा बैठकले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि रु. एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु. ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु. ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो । रासस