• ३० असार २०८२, सोमबार

धनकुटाको साँगुरीगढिमा ५ जनालाई जग्गा धनीपुर्जा वितरण

blog

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), असार ३० गते । धनकुटाको साँगुरीगढी गाउँपालिकाका ५ जना भूमिहीन सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ । सोमबार भूमिव्यवस्था समस्या आयोग जिल्ला समिति धनकुटाले साँगुरीगढी गाउँपालिकालाई पुर्जा हस्तान्तरण गरेको हो ।

गाँपालिकालाई हस्तान्तरण गरिएको धनीपुर्जा साँगुरीगढी गाउँपालिकाका ३ स्थित फुवाफोकका कञ्चन माझी, सुनेत्र माझि र आईतमान माझी रहेका छन् । यस्तै वडा नम्बर ९ स्थित अहालेका दुर्गाबहादुर राई र वडा नम्बर ७ स्थित लेउतीका विष्णुकुमार राई छन् ।

लालपुर्जा पाउनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री तथा सङ्घीय संसद राजेन्द्रकुमार राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राइले र भूमि समस्या समाधान आयोग धनकुटाका अध्यक्ष देवमान राईले सामूहिक रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमममा बोल्दै धनीपुर्जा वितरणका प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री तथा सङ्घीय सांसद राजेन्द्रकुमार राईले जग्गा नभएकाहरुको पहिचान गरी थप धनीपुर्जा वितरण गर्न पहल गर्ने बताउनुभयो। धनीपुर्जा पाउने किसानहरुलाई जमिनमा प्रशस्त तरकारी र फलफूल तथा खाद्यान्न बाली लगाएर उब्जाउ गरी आम्दानी बढाउन आग्रह गर्नुभयो ।