पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असार ३१ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५, गुराश टोलमा एउटा अजिङ्गरको उद्धार गरिएको छ । स्थानीय शिरोमणि अधिकारीको कुखुराको खोरमा भेटिएको उक्त अजिङ्गरलाई वन्यजन्तु उद्धारकर्ता तथा बर्दघाटका दुर्गा लामिछानेले उद्धार गर्नुभएको हो ।
करिब ८ किलो तौल र १० फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई आजै चितवन राष्ट्रिय निकुञ्ज पठाइने उद्धारकर्ता लामिछानेले जानकारी दिनुभयो ।
यस वर्षको गर्मीयाम सुरु भएदेखि बर्दघाट नगरपालिका आसपास क्षेत्रबाट अहिलेसम्म तीनवटा अजिङ्गरको उद्धार गरिसकिएको छ ।