• ३२ असार २०८२, बुधबार

२० युनिटसम्मको महशुल नगरपालिकाले तिर्ने

blog

हनुमाननगर कङ्कालिनी नगरपालिका । तस्बिरः सुधा देव

सुधा देव

भारदह(सप्तरी), असार ३१ गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पालिकामा बसोवास गर्ने स्थानीयको घरको न्यूनतम विद्युत् शुल्क तिर्ने घोषणा गरेको छ ।

नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभामा नगर प्रमुख विरेन्द्र माझीले न्यूनतम शुल्क तिरिदिने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, "पाँच एम्पेयर लोड स्वीकृत भएको ग्राहकका लागि अधिकतम २० युनिटसम्म विद्युत महशुस तिर्ने योजना लागु गरी सोही अनुसार बजेट छु्ट्टयाएर विद्युत् प्राधिकरणसँग सम्झौता भएअनुसार २० युनिटसम्म बिल आएकाहरूको रेकर्ड प्राधिकरणले दिने र नगरपालिकाले सोही अनुसार बिल तिरिरिदिने हाे ।" आगामी आर्थिक वर्षमा बजेट बढाएर ३० युनिटसम्म तिरिदिने योजना रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले आ.व. २०८२-०८३ का लागि छ्यासठ्ठी करोड ६८ लाख ६६ हजार १ सय ७० रूपियाँ बजेट ल्याएको छ । सोमबार सम्पन्न गरेको १५ औं नगरसभामा उपप्रमुख सरिता सिपलियाले उक्त रकमको बजेट प्रस्तुत गर्नुभएको हो ।

१४ वडा रहेको उक्त पालिकामा १,३,४ र १४ वडा कार्यालयलाई ८० लाखको दरले र बाँकी रहेका वडाहरूलाई ५५ लाखको दरले बजेट दिने योजना रहेको सिपलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, १४ वडाको सगोलमा कार्यालय सञ्चालनका लागि आठ करोड सत्तरी लाख नगर स्तरीय सीमाबाट दिइने छ ।