केदार तिमल्सिना
बनेपा, असार ३१ गते । सोमबार रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ । वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको बिपी राजमार्ग मङ्गलबार बिहान ८ः३५ बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
सोमबार राति वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–११ माम्ती, वडा नम्बर–९ पिन्थली र बिरुवाडाँडामा लेदो आई राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय मङ्गलटार प्रहरीको सक्रियतामा सडक डिभिजन भक्तपुरको स्काभेटर, जेसीबिको सहायताले सडक पूर्णरुपमा सुचारु गरिएको प्रहरीले जनाएको छ ।