• ३० असार २०८२, सोमबार

गुल्मीको पिपलधारामा ६९ वर्षीय पुरुषको शव फेला

blog

शव फेला परेको स्थानमा स्थानीय । तस्विर : गोरखापत्र

टोपलाल अर्याल

रेसुङ्गा, असार ३० गते । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधारा उदिनामा एक पुरुषको शव फेला परेको छ । 

धुर्कोट गाउँपालिका–१ का ६९ वर्षीय नर बहादुर भुसालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । 

भुसालको शव उदिना खोल्सामा फेला परेको थियो । घोप्टो अबस्थामा शव फेला परेपछि स्थानीयले आफुहरुलाई खबर गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीका प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा प्रहरी टोली घटना स्थल पुगेर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सारुले बताउनुभयो । 

गत शनिबार पनि मुसिकोट नगरपालिका–५ ईन्द्रेगौंडामा चन्द्रकोट गाउँपालिका–८ तुराङ्गका ७५ वर्षीय रामबहादुर कुमाल मृत फेला परेका थिए ।