• ३० असार २०८२, सोमबार

बबई नदीमा डुबेर दुई जनाको मृत्यु

blog

गोकर्ण पौडेल 

तुलसीपुर, असार ३० गते । बबई गाउँपालिका वडा नम्बर ५मा पुरन्धारा छहरा नजिकै बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी नायब निरीक्षक ईश्वरी भण्डारीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७का १७ वर्षीय विधान केसी र तुलसीपुरकै १८ वर्षका कुशल बुढा मगरको मृत्यु भएको हो । 

सोमबार दिउँसो दुई बजेतिर पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । शवको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोस्टमार्टमका लागि ल्याइने लागेको प्रहरीले जनाएको छ ।