नेपाल राष्ट्र बैङ्कले ल्याएको आर्थिक वर्षको २०८२/८३ को मौद्रिक नीतिलाई निजी क्षेत्रका तीन संस्थाले स्वागत गरेका छन् । नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स र बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले बेग्लाबेग्लै विज्ञप्ति पारी गरी स्वागत गरेका छन् ।
अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९९ पैसा र बिक्रीदर १३७ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।
ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारीचालकका लागि सञ्चालित सचेतना कक्षा अबदेखि अनलाइनमार्फत हुने भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, रातो बत्ती, लेन अनुशासन उल्लङ्घन तथा तीव्र गतिमा सवारी चलाउनेमाथि ट्राफिक प्रहरीले जरिबाना तथा भौतिक रूपमा कक्षा सञ्चालन गर्दै आएको थियो ।
मोरङको बेलबारीमा आइतबार जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार बेलबारी –८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको चर्चा हुन थालेपछि ओझेलमा पार्न प्रतिपक्षीहरुले झुटको खेती गर्न थालेको बताउनुभएको छ ।
गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिएको जानकारीअनुसार, इजरायली हवाई आक्रमणमा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमण बजार, पानी वितरण केन्द्र र शरणार्थी शिविरहरूलाई लक्षित गरी गरिएको थियो ।
अर्थ मन्त्रालयद्वारा सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्यरुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताउनुभयो।
अढाई दशकदेखि कला क्षेत्रमा क्रियाशील अभिनेता सङ्गत थारुलाई प्रज्ञा प्रादेशिक पुरस्कार प्रदान गरिएको छ।
काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु चमतिस्थित झोला गोदाममा आगलागी हुँदा दुई करोडको क्षति भएको बताइएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई पर्यटकीय गन्तव्य स्थल बनाइने बताउनुभएको छ।
क्रिकेटर आरिफ शेखलाई क्यास्पियन भ्याली कलेजले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।