मौद्रिक नीतिप्रति सरोकार राख्नेहरूले पुँजी पलायनको खतराप्रति सचेत रहनु आग्रह गरेका छन् ।
पश्चिम मकवानपुरको मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा बस सेवा सुरु भएको छ। विद्यार्थीको आवतजावतका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा बस व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले बताउनुभयो।
इनर ह्विल क्लबका काठमाडौँ अध्यक्ष कमला श्रेष्ठले महिला सशक्तीकरण भए मात्र समुदाय र देशको विकास हुने बताउनुभएको छ।
कैलालीको लम्कीचुहा नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी घरघर पुर्याउने कार्यलाई तिब्रता दिइएको छ। सोही अनुरुप दोस्रो चरणको कामसमेत सुरु भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिकामा दुई फरक व्यक्तिको नाम र नागरिकता नम्बर एउटै भएको घटना बाहिरिएको छ । दुवै जनाको नाम गणेशकुमार महतो र नागरिकतामा १४६८२८८३ नम्बर उल्लेख छ । नाम र नागरिकता नम्बर एउटै भएपछि दुवै जना समस्यामा परेका छन् ।
धनकुटा नगरपालिका ९ छिम्सुवामा अहिले जताततै आँपैआँपले ढाकेको छ ।
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको छ । बबियामा अन्तर जातीय विवाह गरेको जोडी एकसाथ आफ्नो घरमा मृत फेला परेको हो ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।
छाउपडी गोठमा बसेको बेला विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठ भत्काउन उर्दी जारी गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली चुस्त पारिएको बताउनुभएको छ ।
धार्मिक स्थलका रुपमा रहेको शिव कुण्डमा जाने सडक निर्माण गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका ३ पिपलनेटामा नेपाल प्रहरीको बिट स्थापना गरिएको छ ।
कञ्चनपुरमा प्रहरी जवानमाथि कारबाहीसहित क्षतिपूर्तिको माग गर्दे स्थानीयहरूले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।