• २९ असार २०८२, आइतबार

श्रीमान् श्रीमती मृत फेला

blog

सुनसरीको इनरुवा नगरपालिका ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको घर । तस्बिर: जयकृष्ण

जयकृष्ण यादव

इनरुवा, असार २९ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको छ । बबियामा अन्तर जातीय विवाह गरेको जोडी एकसाथ आफ्नो घरमा मृत फेला परेको हो ।

इनरुवा नगरपालिका वडा नम्बर ९ निवासी शुकदेव शर्मा खत्वेको श्रीमती ३० वर्षीया सबेदा खातुन ओछ्यानमा मृत फेला पर्नुभएको छ भने श्रीमान् शुकदेव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले शवको मुचुल्का तथा पोस्टमार्टम गर्न लाने तयारी गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।